News Portal

विजयको निर्णायक गोलमा ब्रिगेड ब्वाइज विजयी

रातोपोस्ट संवाददाता
६२० पटक

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत ब्रिगेड ब्वाइज क्लबले लिगको सयौँ खेलमा जित निकालेको छ । उसले हिमालयन शेर्पा क्लबलाइ १-० गोलले हरायो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्रिगेडको जितमा विजय गुरूङको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको १७ औंँ मिनेटमा गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका हुन् । डीबक्स बाहिरबाट गरेको उनको प्रहार गोलमा परिणत भएकाे थियाे।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्रिगेडले दोस्रो हाफमा थप गोल गर्न सकेन र शेर्पा पनि खेलमा फर्कन सकेन । जसका कारण ब्रिगेड ब्वाइजले दोस्रो जित निकाल्न सफल भयाे । यो जितपछि उसको लिगमा ६ अंक भएको छ । शेर्पा भने २ अंकका साथ ११ औंँ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्