News Portal

  • दोस्रो मेचीनगर खेलकुद महोत्सव फागुन अन्तिमदेखि सुरु हुने

    रातोपोस्ट संवाददाता
    १५७९ पटक

    झापा। मेचीनगर नगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो नगर खेलकुद महोत्सव सञ्चालन हुने भएको छ ।

    मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को स्वीकृत बजेट अन्तर्गत नगर खेलकुद महोत्सव फागुन २९ गते देखी चैत्र ३ गते सम्म सञ्चालन हुने भएको हो ।

    दोस्रो नगर खेलकुद महोत्सवमा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता, नगरस्तरीय खुला कराते प्रतियोगिता, नगरस्तरीय खुला साइकिलिङ्ग प्रतियोगिता, नगरस्तरीय खुला मिनि म्याराथुन प्रतियोगिता, वडास्तरीय पुरुष/महिला फुटबल प्रतियोगिता, वडास्तरीय पुरुष/महिला भलिबल प्रतियोगिता, वडास्तरीय पुरुष/महिला क्रिकेट प्रतियोगिता, वडास्तरीय पुरुष/महिला कबडि प्रतियोगिता र वडास्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने खेलकुद समितिका अध्यक्ष नविन बरालले बताए ।

    खेलकुद महोत्सवको अवसरमा मेचीनगर नगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्दै आएका खेलाडिहरु जसले सार्क, एसियन र ओलम्पिक खेलमा पदक हासिल गरेका खेलाडीहरुलाई सम्मान गरिने समितिका सचिव अनन्तप्रकाश वस्तीले बताए ।

    नगर खेलकुद महोत्सव सफल बनाउन वडास्तरीय खेलकुद समितिका अध्यक्ष सहित नगर खेलकुद विकास समितिको

    बैठक शुक्रबार सम्पन्न भएको समिति सदस्य भूमिका सुब्बाले जानकारी दिईन् । प्रतियाेगिता मेचीनगरका विभिन्न विद्यालयका खेलमैदानमा हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)