News Portal

  • तेस्रो सताक्षी गोल्डकप : आर्मी सेमिफाइनलमा

    रातोपोस्ट संवाददाता
    ७४१ पटक

    शिवसताक्षी । झापामा जारी तेस्रो सताक्षी गोल्डकपको मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ ।

    पाहुना टोली दार्जीलिङको मानेभञ्ज्याङ एफसी  क्लब सामु कठिन जीत निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी सेमी फाइनलमा प्रवेश गरेको हो ।

    अत्यन्त प्रतिस्प्रधात्मक भएको खेलमा आर्मीले पाहुना टोली दार्जीलिङको मानेभञ्ज्याङ एफसीको चुतौती २–१ गोलअन्तरले पराजित गर्दै आर्मी विजयी बनेको हो ।

    खेलको छैटौ मिनेटमा आर्मीका लागि टेकबहादुर बुढाथोकीले पहिलो गरी गोल टिमलाई अग्रता दिलाएका थिए ।

    त्यस्तै खेलको ४७ औं मिनेटमा दार्जीलिङको मानेभञ्ज्याङ एफसीका खेलाडी रैकेत बुमले हानेको फ्रिकिक गोलमा परिणत भएपछि खेल बराबरीमा रहेको थियो ।

    खेलको इन्जुरी समयको अन्तिम मिनेटमा आर्मीका बुढाथोकी चम्किदा आर्मीको जीत सुनिश्चित भएको हो । अन्तिम मिनेटमा टेकबहादुर बुढाथोकीले हानेको गोलले चाली चुमेपछि आर्मी क्लब भाग्यमानी ठहरिएको थियो ।

    खेलको म्यान अफ दी म्याच आर्मी क्लबका सेसेहाङ्ग आङदम्बे घाषित भए । भोली बुधबार गोर्खा बोइज रुपन्देही र लिग विजेता मछिन्द्र क्बल बीच हुने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)