News Portal

तेस्रो सताक्षी गोल्डकपमा आज मछिन्द्र क्लब र गोर्खा ब्बाइज रुपन्देही भिड्दै

रातोपोस्ट संवाददाता
५६७ पटक

शिवसताक्षी : झापाको शिवसताक्षीमा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनल प्रवेशका लागि आज (बुधबार ) ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र गोर्खा ब्बाइज रुपन्देही भिड्दै छन्।

मंगलबार भएको खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ अन्तरले स्तब्ध पार्दै विभागीय टोली त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरेको छ। झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा दिउँसो २ बजे खेल हुने आयोजक सतासीधाम स्पोर्टिङ क्लब झापाले जनाएको छ ।

गोल्डकपको विजेताले  ६ लाख नगदसहित ट्रफी पाउनेछ । म्यान अफ दी टुर्नामेन्टको पुरस्कार राशि ५० हजार राखिएको छ ।त्यस्तै, अन्य विधागत पुरस्कार जनही २०–२० हजार पाउँदा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्