News Portal

  • खप्तड गोल्डकप : थ्री स्टार क्लब सेमिफाइनलमा

    रातोपोस्ट संवाददाता
    ३७८ पटक

    कैलाली। थ्रीस्टार क्लव खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ ।

    धनगढी रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाईनल खेलमा जित हात पार्दै थ्रीस्टारले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

    पहिलो चरणमा बाई पाएर क्वाटरफाईनल पुगेको थ्रीस्टारले सिमराको नव जनजागृति क्लवलाई २–० ले हराएको हो ।

    थ्री स्टारको जितमा संजोग राई र आशिष राईले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो ।

    खेलको म्यान अफ दि म्याच थ्रीस्टारका कप्तान विक्रम लामा भए । थ्रीस्टारले अब फाइनल प्रवेशका लागि हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)