News Portal

आर्मी माइभ्याली गोल्डकपको सेमिफाइनलमा

रातोपोस्ट संवाददाता
११६५ पटक

इलाम । इलामको ठूलो टुडिखेलमा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।

ए डिभिजन लिग उपविजेता आर्मीले आइतबार संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।

त्रिभुवन आर्मीका  खेलाडी सुडिल राईले खेल शुरु भएको सातौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । प्रतिष्पर्धात्मक खेलको ७२ औं मिनेटमा त्रिभुवन आर्मीका राईले नै थप एक गोल गर्दै नतिजा दोब्बर बनाएका थिए ।

खेलको ४० औं मिनेटमा संकटाका खेलाडी डेडी बम्बाले एक मात्र सान्त्वना गोल गर्दै निल हुनबाट बचाएका थिए ।

आर्मीले अब फाइनलमा पुग्नका लागि आयोजक माईभ्याली र मोहम्मडन कोलकाताबीचको विजेतासँग २२ गते खेल्नु पर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्