News Portal

आईपीएलमा मुम्बई विजयी, कोलकत्ता ४९ रनले पराजित

रातोपोस्ट संवाददाता
८२४ पटक

काठमाण्डाै, असोज ८ । इन्डियन प्रियिमर लिग (आइपिएल) २०२० को पाँचौ खेलमा मुम्बई इन्डिन्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १९६ रनको लक्ष्य कोलकोत्ताले पुरा गर्न सकेन । उसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो । मुम्बईले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १९५ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्मा चम्किएका थिए । उनले ६४ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा ८० रन बनाए । मुम्बईका लागि सूर्यकुमार यादव ४७ र सौरभ तिवारी २१ र हार्दिक पाण्डयले १८ रन जोडे । कोलकत्ताका शिवम माभीले २ विकेट लिए भने सुनिल नारिने र आन्द्रे रसेलले १र१ विकेट हात पारे ।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा मुम्बईले सोमबार बेंगलोरसँग खेल्ने छ । कोलकाताले दोस्रो खेलमा शनिबार सनराइजर्स हैदराबादसँग खेल्ने छ । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ ।।

प्रतिकृया दिनुहोस्