News Portal

राजस्थानलाई हराउँदै कोलकाताको पहिलो जीत

रातोपोस्ट संवाददाता
५६५ पटक

काठमाडौं, असोज १५ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपिएल) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ । बुधबार राति दुबईमा भएको खेलमा कोलकाताले राजस्थानलाई ३७ रनले पराजित गरेको हो ।

कोलकाताले लिएको १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो । उसका लागि टम कुरानले अर्धशतकीय योगदान दिए । कुरानले ३६ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५४ रन बनाए ।

जोश बट्लरले २१ र राहुल तेवातियाले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । कोलकाताका शिवम मावी, कमलेश नगरकोटी र वरुण चक्रावर्तीले समान २ विकेट लिए ।

टस जितेर राजस्थानले फिल्डिङ रोजेपछि ब्याटिङका लागि आएको कोलकाताले ६ विकेट गुमाउँदै १७४ रन बनायो । उसका लागि शुभमन गिलले सर्वाधिक ४७ रन बनाए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, इओन मोर्गनले २३ बलमा ३४ रन बनाए भने आन्द्र रसेलले १४ बलमा २४ र नितिश रानाले १७ बलमा २२ रनको योगदान दिए । राजस्थानको जोफ्रा आर्चरले २ विकेट लिए ।

यो कोलकाताको लगातार दोस्रो जित हो । पहिलो खेलमा मुम्बईसँग ४९ रनले पराजित भएको कोलकताले दोस्रो खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पँजित भएको थियो । यता, राजस्थानले भने पहिलो हारको सामाना गरेको छ । उसले चेन्नई सुपर किंग्सलाई १६ रन र किंस इलावेन पञ्जावलाई ४ विकेटले पराजित गरेको थियो ।

राजस्थान राइडर्ससँग पराजित भएपछि दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । अन्य तीन टिम कोलकाता, राजस्थान र बैंग्लोरसँगै समान ४ अंक भएपनि दिल्ली रनरेटका आधामार शीर्ष स्थानमा उक्लिएको हो । कोलकाता दोस्रो स्थानमा छ भने राजस्थान तेस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बैंग्लोर चौथो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्