News Portal

बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली टिम स्वदेश फर्कियो

रातोपोस्ट संवाददाता
५४६ पटक

काठमाडौं, ४ मंसिर । बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेले खेलेको नेपाली राष्ट्रिय फुटबल टिम आज (बिहीबार) स्वदेश फर्किएको छ। कात्तिक २८ र मंसिर २ गते ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको नेपाली टिम स्वदेश फर्किएको हो।

पहिलो खेलमा २–० गोलले हारेको नेपालले बंगलादेशसँग दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको थियो। टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी त्रिभुवन विमानस्थलमा स्वागत गरे। नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो। यसअघि विश्वकप छनोटको दोस्रो चरणमा नेपालले भुटानमा नोभेम्बर १९ तारिखमा कुवेतसँग प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपाल १–० गोलले पराजित भएको थियो। त्यसपछि कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेल सर्दै आएको थियो।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल पनि विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको तयारीकै लागि खेलेको हो। बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपालले करिब एक साताको तयारी थालेको थियो। कोरोना भाइरसको संक्रमण चार सिनियर खेलाडीमा देखिएपछि आठ नयाँ अनुहारलाई लिएर मुख्य प्रशिक्षक बालगोपाल महर्जन बंगलादेश प्रस्थान गरेका थिए। प्रशिक्षक महर्जनले पनि मुख्य प्रशिक्षक योहान कालिन अनुपस्थिति हुँदा नेपाली टिम सम्हालेका हुन्।

प्रतिकृया दिनुहोस्