News Portal

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ सेमिफाइलनमा प्रवेश

रातोपोस्ट संवाददाता
१०८२ पटक

काठमाडौं, १६ पुष । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले गण्डकी प्रदेश माथि विशाल जित दर्ता गरेको छ । दाङको लमहीमा बिहीवार भएको खेलमा प्रदेश १ ले गण्डकी प्रदेश माथि १४० रनको जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरको खेलमा ओपनर काजल श्रेष्ठ र अर्का ब्याटसम्यान रोमा थापाको अर्धसतकिय पारीको मद्दतमा १४७ रन बनायो । खेलमा पहिलो नम्बरमा ब्याटिङ गर्न आएकी ओपनर काजल श्रेष्ठले अविजित पारी खेल्ने क्रममा ५७ बलमा ४ चौकाको मद्दतले ५२ रन बनाईन । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी रोमा थापाले अविजित पारी खेल्दै ४९ बलमा ८ चौंकाको मद्दतले ५१ रन बनाईन । गण्डकी प्रदेशका लागि एकमात्र विकेट कुसुम गोदारले लिईन ।

एक सय ४१ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशको टोलीले ८ ओभरमा अलआउट हुदै मात्र ७ रन बनायो । गण्डकी प्रदेशलाई कम स्कोरमा रोक्न प्रदेश १ की संगिता राईले ४ ओभरमा मात्र ३ रन दिदै ५ विकेट लिईन । त्यस्तै प्रदेश १ की सबनम राईले पनि उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ३ रन दिएर ४ विकेट लिदा अप्सरी बेगमले एक विकेट लिईन ।

गण्डकी प्रदेशकी कुसुम गोदार र सोनीया थापाले समान दुई दुई रन बनाउदा अन्य खेलाडीहरु शुन्य रनमा आउट भए । जितसँगै प्रदेश १ प्रतियोगिताको समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिकृया दिनुहोस्