News Portal

काँकरभिट्टामा जारी फुटबल प्रतियोगितामा रोलिङ क्लव बिजयी

रातोपोस्ट संवाददाता
६१३ पटक

काँकरभिट्टा, २ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा रोलिङ क्लव धुलाबारी बिजयी भएको छ । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित दोस्रो दिनको खेलमा रोलिङ क्लव धुलाबारी र बेलबारी फुटबल क्लवबीच प्रतिष्पर्धा भएको थियो । खेलमा रोलिङ क्लवले ४–२ को अन्तरले बेलबारीलाई पछि पार्दै बिजयी भएको हो ।

सुरुमा निक्कै कडा प्रतिष्पर्धा देखिएको खेलको पहिलो हाफ अघि बेलबारीका प्रकाश खत्रीले १ गोल गर्न सफल भएका थिए । दोस्रो हाफको सुरुमा रोलिङ क्लवका सुभाष खवासले १ गोल फर्काएर बराबरी बनाएका थिए । त्यस लगत्तै बेलबारीका दिलिप पौडेलले १ गोल गरेर पल्ला भारी बनाएको बेलबारीलाई रोलिङ क्लवका अभय धिमालले त्यस लगतै २ गोल गरेका थिए भने रोलिङ क्लवकै रन्जित लिम्बूले १ गोल गर्न सफल भएका थिए ।

खेलको मेन अफ द म्याच रोलिङ क्लवका अभय धिमाल घोषित भए उनलाई आयोजक क्लवका  अध्यक्ष रामकुमार लिम्बू र मेचीनगर १० का वडा अध्यक्ष शुवेश कुमार पनेरुले संयुक्त रुपमा ट्रफि प्रदान गरेका थिए । भोलिको खेल शिवशताक्षी धाम फुटबल क्लव र व्रदर्श युनाईटेट क्लवबीच हुने आयोजक क्लवका सल्लाकार डिल्लीराम अधिकारीले जानकारी दिए । खेल ९ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्