News Portal

डुडाबारी फुटबल क्लब फाईनलमा

रातोपोस्ट संवाददाता
८३७ पटक

मेचीनगर, माघ ७ । मेचीनगरको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको बुधबार सम्पन्न अन्तिम सेमीफाईनल खेलमा डुडाबारी फुटबल क्लब विजयी भएको छ । डुडाबारी फुटबल क्लबले गार्डेन फुटबल क्लब धरानलाई ५–१ गोलको फराकीलो अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको छ । अब डुडाबारी फुटबल क्लबले उपाधिका लागि माघ ९ गते शिवसताक्षी धाम फुटबल क्लबसंग प्रतिष्पर्धा गर्ने छ ।

अन्तिम दुईको लागी आज भएको प्रतियोगितामा डुडाबारी सामु गार्डेन फुटबल क्लब धरान फितलो देखियो । आजको खेलमा डुडाबारीले गोलको बर्ष गर्दै खेलमा आफ्नो बर्चश्व कायम गरेको थियो ।

आजको खेलमा विजेता टिमको तर्फबाट मनिस लिम्बुले ह्याट्रिक पुरा गर्दै व्यक्तिगत ३ गोल गरे । सन्जोक मगर र सुमन लिम्बुले १/१ गोल गरे । पराजित टिमले उपहार स्वरुप १ गोल पायो ।

मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आज भएको प्रतियोगितामा उत्कृष्ट खेल्दै ३ गोल गर्न सफल विजयी टिम डुडाबारी फुटबल क्लबका मनिस लिम्बु म्यान अफ दि म्याच घोषित भए । उनलाई नेपाल दुवानी व्यवसायी महासंघ केन्द्रिय सदस्य श्याम प्रसाई (एसपी)ले एक हजार पाँच सय नगद सहित ट्रफि प्रदान गरे ।

प्रतियोगिताको फाईनल खेल माघ ९ गते शिवसताक्षी धाम फुटबल क्लब र डुडाबारी फुटबल क्लबबिच दिनको १ः३० बजे हुने आयोजकका सल्लाहकार डिल्लिराम अधिकारीले जानकारी दिए । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि पाउने छन् ।

प्रतिकृया दिनुहोस्