News Portal

राष्ट्रिय फुटबल टोलीका सदस्यले लगाए कोरोनाविरुद्धको खोप

रातोपोस्ट संवाददाता
४१३ पटक

काठमाडाैं, ४ असार । राष्ट्रिय फुटबल टोलीका सदस्य तथा पदाधिकारीहरूले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् ।

कुवेतबाट विश्वकप तथा एसियन कप छनोट खेलेर फर्किएका खेलाडीहरूलाई बिहीबार कोरोना विरुद्धको खोप लगाइएको हो । कुवेतमा तीन राष्ट्रहरूसँग विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणको खेल खेलेर नेपाली टोली आइतबार स्वदेश फर्किएका थिए ।

नेपाली फुटबल टोलीले २०२२ मा एसियन कप छनोटको तेस्रो चरणको खेल खेल्नेछ ।

प्रतिकृया दिनुहोस्