News Portal

क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

रातोपोस्ट संवाददाता
३८२ पटक

काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन्।

काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामा दिएको घोषणा गरेका थिए। सचिव प्याकुरेलले क्यानमा आउनुको आफूहरुको योजना र मिसन पूरा भएको कारण राजीनामा दिएको बताए। क्यानले पूर्ण रुपमा काम गर्न पाउने अवस्था आइसकेकाले अब नयाँ तरिकाले अगाडि बढाउन राजीनामा दिएको उनको भनाइ थियो।

‘मैले आईसीसीबाट क्यानको निलम्बन पूर्ण फुकुवा भएपछि राजीनामा दिने सोचेको थिएँ, अलि ढिला भयो। हामीले पहिलेको योजनाअनुसार नै राजीनामा गरेका हौँ,’ प्याकुरेलले भने। आफूहरु नेतृत्वलाई ‘ग्रुम’ गराउन क्यानमा आएकाले अब राजीनामा दिनु उचित ठानेको उनले बताएका थिए। क्यानको निर्वाचन भएको दुई वर्षपछि उपाध्यक्ष र सचिवले राजीनामा गरेका हुन्।

प्रतिकृया दिनुहोस्