News Portal

प्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित २ जना पक्राउ

रातोपोस्ट संवाददाता
६१४ पटक

झापा,१२ माघ। प्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले  पक्राउ गरेकाे छ।  हिजाे दिउँसाे २ :३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारी बाट बिषेश सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटीएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा  बिर्तामोड नगरपालिका ६ का २० वर्षिय सुनिल राई र वडा नम्बर- ७ बस्ने २३ वर्षिय रुपेश गुरुङ रहेकाे र उनिहरूकाे  साथबाट २ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जानकारी दिएकाे छ।

उनिहरूलाई तत्काल नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय अनारमनिमा ल्याई राखिएको साथै निजलाई सम्मानित झापा जिल्ला अदालतबाट  अनुमती लिई म्याद थप गरी कानुनी कारवाहीको प्रकृया अगाडी बढाईने प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्