News Portal

अर्थमन्त्री पाैडेलले आज बजेट सार्वजनिक गर्दै

रातोपोस्ट संवाददाता
५३२ पटक

काठमाडौँ, १५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्दैछ । कोरोना महामारी (कोभिड–१९) सङ्क्रमणलाइ नियन्त्रण गर्न र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट अध्यादेशमार्फत ल्याउन लागिएकाे बताइएकाे छ ।

विज्ञहरूले भने संसद नरहेकाे र चुनाव घाेषणा भएकाे अवस्थामा पूर्ण बजेट ल्याउन नहुने, कामचलाउ र चुनावी बजेट ल्याउनुपर्ने सुझाव दिइरहेका छन् । तर अर्थमन्त्री विष्णु पाैडेलले भने पूर्ण बजेट नै ल्याउने तयारी गरिरहेकाे बताइएकाे छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । यसपाली पनि जेठ १५ (शनिबार) नै बजेट सार्वजनिक हुन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारबाट दिउँसो ४ बजे अर्थमन्त्री पौडेलले भर्चुअल माध्यमबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । त्यस क्रममा विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति भने रहने बताइएकाे छ । अर्थ मन्त्रालयले कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई बजेटमा उच्च प्राथमिकता दिएकाे जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्