News Portal

  • सिराहामा औषधी व्यवसायीमाथि गोली प्रहार

    रातोपोस्ट संवाददाता
    ८९ पटक

    सिरहा, २३ जेठ । सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ ।

    मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा पौडेलले बताए ।

    ४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ । रामसागरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्