News Portal

जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३४ बर्ष पछि पक्राउ

रातोपोस्ट संवाददाता
७७८ पटक

जनकपुर ३१ असार । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ परेका छन् । धनुषा सबैला गाविस बडा नम्बर ४ का विकरु यादवलाई ३४ वर्षपछि पक्राउ गरिएको एसपी प्रकाश रानाभाटले जानकारी दिए।

उनलाई कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०४३ सालमा जन्मकैदको फैसला गरेको थियो। उनलाई औरहीस्थित खेतमा काम गरिरहेका बेला सादा पोशाकमा खटेको प्रहरीले पक्राउ गरेको छ।

अदालतको आदेश अनुसार उनलाई धनुषा प्रहरीले सुनसरीको झुम्का कारागारमा बुझाइएको छ।

प्रतिकृया दिनुहोस्