News Portal

सप्तरीमा दुर्घटना हुँदा झापाका दुई जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५५९ पटक

झापा, ३१ असाेज । सप्तरीमा हिजाे (शनिबार) भएको दुर्घटनामा झापाका दुई जनाले ज्यान गुमाएका छन् । सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुवै मोटरसाइकलमा सवार एक/ एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ

दुर्घटनामा बा. ५६ प २५१५ नम्बरको मोटरसाइकलमा सवार शिवसतासी नगरपालिका-६ बस्ने २२ वर्षीय विवेक सापकोटा र स. ५ प ८४३४ नम्बरको मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २१ का दयारामसिंह राजवंशीको मृत्यु भएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका–७ बस्ने ३५ वर्षीय चन्दनकुमार साह गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारार्थ विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रतिकृया दिनुहोस्