News Portal

साेमबार २७१ कोरोना संक्रमित थपिए, १ को मृत्यु

रातोपोस्ट संवाददाता
७२९ पटक

काठमाडौँ, १२ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार १५७ जनाको पीसीआर परीक्षणमा २५१ र १ हजार ७२९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्