News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

काँकरभिट्टा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका तामाङ निर्वाचित

झापा, ११ चैत्र । काँकरभिट्टा बहुमुखी क्याम्पसमा शुक्रबार भएको स्ववियु निर्वाचनमा नेपाल विधार्थी संघ (नेविसंघ) विजयी भएको छ। शुक्रबार भएको निर्वाचनमा नेविसंघका विशाल तामाङ सभापतिमा निर्वाचित भएका छन्। उनले २ सय ५० मत प्राप्त गरी...बाँकी

शिक्षक संघ काेशी प्रदेशकाे अध्यक्षमा चाैलागाई निर्वाचित

बिराटनगर, १० चैत । नेपाल शिक्षक संघकाे काेशी प्रदेश अध्यक्षमा तेजप्रसाद चाैलागाई निर्वाचित भएका छन् । बिराटनगरमा आज सम्पन्न निर्वाचनमा झापा मेचीनगर-९ स्थित धुलाबारी माविका सहायक प्रधानाध्यापक चाैलागाईले १ सय ९२ मत ल्याई निर्वाचित भएका...बाँकी

नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवर

काठमाडौं, १० चैत । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बसन्त कुँवरललाई प्रहरी महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नयाँ आइजीपीमा नियुक्त गरेको एक मन्त्रीले बताए। बरियतामा पहिलो नम्बरमा रहेका कुँवरलाई आइजीपीमा...बाँकी

स्ववियु निर्वाचन : काँकरभिट्टा बहुमुखी क्याम्पसमा मतदान सम्पन्न

झापा, १० चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम सम्पन्न भएको छ । आज विहान ८ बजेबाट शुरु भएको मतदान कार्यक्रम केहिबेर अघि मात्रै सम्पन्न भएको हो । मतदानमा कार्यक्रममा...बाँकी

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

काठमाडौँ, १० चैत । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८–७९ को नतिजा सार्वजनिक गर्दै २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख...बाँकी

आजदेखि ईस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु

झापा, १० चैत । ईस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि सुरु हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन्। रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डर अनुसार आज बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म...बाँकी

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौँ, १० चैत । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीय ताम्राकारको निमोनियाको उपचारका सिलसिलामा बिहीबार राति निधन भएको परिवारले बताएको छ । बनेपामा...बाँकी

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

हेटौंडा, १० चैत । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार विश्वासको मत लिने भएका छन्। बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बोलाइएको...बाँकी

कोशी खारेज आन्दाेलनमा घाइते भएका लिम्बूको निधन

विराटनगर, १० चैत। प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको प्रदर्शनको क्रममा घाइते भएको एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। यही चैत ५ गते विराटनगरमा प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी...बाँकी

एमाले अध्यक्ष ओली आज गृह जिल्ला आउदै

काठमाडौँ, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने भएका छन्। जहाजमार्फत दिउँसो १ बजे भद्रपुर आउने कार्यक्रम रहेको एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिएका छन्।...बाँकी