
काठमाडौं,२७ असाेज। नेपाल क्रिकेट संघ (क्यान)काे २०७७ असाेज ६ गते चितवनमा सम्पन्न बाेर्ड बैठकले असोज २८ र २९ गतेका लागि निर्धारण गरेको संघकाे वार्षिक साधारणसभा स्थगित गरेको छ। संघका केही पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यहरू कोरोना ( कोभिड–१९) संक्रमित भएर आइसोलेसनमा बस्न परेपछि क्यानले पूर्व निर्धारित साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो।
संघका केही पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरू कोभिड–१९ संक्रमित भई आइसोलेसनमा बस्नु परेको हुनाले हाललाई उक्त साधारणसभा अर्को सूचना नआउँञ्जेलसम्मका लागि स्थगित गरिएको अध्यक्ष चतुरबहादुर चन्दद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ।
प्रेस विज्ञप्ति