News Portal

रोलिङ्ग च्यालेञ्ज कप : चारआली– धाईजन सेमिफाइनलमा प्रवेश

रातोपोस्ट संवाददाता
८९४ पटक

धुलाबारी, १० चैत । चारआली–धाईजन फुटबल क्लब धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा कर्णसिहं सोनाम फुटबल क्लब ताप्लेजुङ लाई ६–१ को फराकीलो गोल अन्तरले पराजित गर्दै चारआली–धाईजन सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हापमा दुई गोलले अग्रता लिएको चारआली धाईजनले दोस्रो हापमा थप तीन गोल थप्यो । ताप्लेजुङले दोस्रो हापमा एक गोल फर्कायो । चारआली–धाईजनको जितमा सुजन लिम्बूले तीन गोल गर्दै ह्यट्रिक गरे । विजय राई आशिष चापागाईं र विशाल बस्नेतले एक/एक गोल गरे । ताप्लेजुङको तर्फबाट मनिराज लिम्बूले एक गोल गरे ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ह्यट्रिक पूरा गरेका विजयी टिमका सुजन लिम्बू म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक रोलिङ्ग फुटबल क्लब मेचीनगर झापा र रेडहर्स फुटबल क्लब इलामबीच हुने आयोजक क्लबका सचिव महेश खड्काले बताए ।

प्रतिकृया दिनुहोस्