News Portal

पिकअपको ठक्करबाट २ जनाको मृत्यु, २ जना घाइते

रातोपोस्ट संवाददाता
४८५ पटक

रौतहट, ३ चैत । रौतहटमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने दुई प्रहरी घाइते भएका छन्। ​रौतहटको वृन्दान्दावन नगरपालिका–६ हर्षाहमा चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्रा पिकअपको ठक्करबाट बृन्दाबनका ३७ वर्षीय जीतेन्द्र पटेल र २७ वर्षीय हरि कुमार ठाकुरको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।

प्रहरी चेकिङमा गाडी अनियन्त्रित भई सोही स्थानको पान पसल र मोटरसाइकलमा समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।

गाडीको ठक्करबाट प्रहरी चौकी हर्षाहमा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्र प्रसाद यादव र प्रहरी जवान मुर्तुजा अन्सारी घाइते भएका छन्। ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेकाे प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्