News Portal

झापाबाट एकीकृत समाजवादीका प्रतिनिधि छनोट

रातोपोस्ट संवाददाता
९५ पटक

झापा, ७ असार । नेकपा (एकीकृत समाजवादी) को १० औँ महाधिवेशनको लागि झापाका ५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गरिएको छ । असार १६ देखि २० गतेसम्म हुने पार्टीको १० औँ केन्द्रीय महाधिवेशनका लागि बुधबार जिल्लाको ५ वटै निर्वाचन क्षेत्रबाट सहमतिमा प्रतिनिधि छनोट गरिएको हो ।

जिल्लाबाट १४ जना प्रतिनिधि छनोटका गरिएको एकीकृत समाजवादीले जनाएको छ । जसअन्तर्गत जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट शंकर थापा, पशुराम शंकर (दलित) र सविता भेटुवाल (महिला) रहेका छन् । क्षेत्र नं २ बाट प्रत्युष राना, बासुदेब दुलाल र श्रीप्रसाद सिटौला, कृष्णबहादुर लोहार (दलित), सरस्वती लिम्बु (महिला) बाट छनोट भएका छन् ।

यस्तै निर्वाचन क्षेत्र नं ३ मा भने बेदराज रेग्मी र पदम सुब्बा रहेका छन् । ४ बाट ३ जना प्रतिनिधि चयन भएका छन् । जसमध्ये नबिन इजम, कमल सापकोटा र मिरा प्रधान छन् । यता, क्षेत्र नम्बर ५ बाट अनिलदेब राई रहेका छन् । एकीकृत समाजवादी झापा जिल्ला कमिटी सचिव बिपी भट्टराईले सबै निर्वाचन क्षेत्रबाट सर्वसहमतिमा प्रतिनिधि छनोट गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्