News Portal

गृहपृष्ठ प्रदेश १

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ मेचीनगरकाे अध्यक्षमा वेग सुनुवार चयन

झापा, ४ असाेज । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल मेचीनगर कमिटीको अध्यक्षमा वेग सुनुवार चयन भएका छन् । संविधान दिवसको अवसरमा साेमबार मेचीनगर स्थित इट्टाभटामा भएकाे नगरकाे पहिलाे अधिवेशनबाट सुनुवारलाई अध्यक्षमा चयन गरेकाे हाे ।...बाँकी

झापामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

झापा, ४ असाेज । झापाको शिवसताक्षीमा कार दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ...बाँकी

मेचीनगरमा फहराइयो राष्ट्रिय झण्डा

झापा, ४ असाेज । रोटरी क्लव अफ मेचीनगरले संविधान दिवसको अवसरमा मेचीनगरको विभिन्न स्थानमा नेपालको राष्ट्रिय झण्डा राखेको छ । क्लबले साेमबार आठौं संविधान दिवसको अवसर पारेर काँकरभिट्टा, इटाभट्टा, धुलाबारी र चाराआलीमा राष्ट्रिय झण्डा झण्डोतलन...बाँकी

एमाले झापामा काे- काे परे समानुपातिक उम्मेदवार

झापा, ३ असाेज । नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । सोमवार नामावली बुझाएको एमालेले जनाएको छ । सो नामावलीमा झापा जिल्लाबाट दश जनाको नाम अटाइएको छ । प्रतिनिधिसभा सदस्यतर्फ के.आर....बाँकी

झापामा ब्राउन सुगरसहित एक महिला पक्राउ

झापा, २ असाेज । झापामा स्रोत नखुलेको साढे तीन लाख र ब्राउन सुगरसहित एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १३ स्थित तेलीवारि निवासी ४३ वर्षीया भारती राजवंशी रहेको प्रहरी कार्यालय झापाका...बाँकी

झापामा भारतबाट आयातित माछा बिक्रीमा प्रतिबन्द

झापा, २ असाेज । जिल्लाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ। जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो। बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा...बाँकी

वाईसीएल झापा जिल्ला संयाेजकमा राजु दर्नाल

झापा, १ असाेज । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) काे झापाकाे संयाेजकमा राजु दर्नाल चयन भएका छन् । वाईसीएलको केन्द्रीय कार्यालयकाे बैठकले जिल्ला संयाेजकमा दर्नाललाई सर्वसम्मत चयन गरेको छ । वाईसीएलको काठमाडौंमा...बाँकी

वाईसीएल झापाकाे इन्चार्जमा रिमाल चयन

झापा, १ असाेज । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) काे झापा जिल्ला इन्चार्जमा दधिराम रिमाल चयन भएका छन् । वाईसीएलको केन्द्रीय कार्यालयकाे बैठकले जिल्ला इन्चार्जमा रिमाललाई सर्वसम्मत चयन गरेको छ । वाईसीएलको...बाँकी

वाईसीएल १ नम्बर प्रदेश संयाेजकमा आचार्य चयन

झापा, १ असाेज । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) काे १ नम्बर प्रदेश संयोजकमा कुमार आचार्य चयन भएका छन् । वाईसीएलको केन्द्रीय कार्यालयकाे बैठकले संयोजकमा आचार्य, सहसंयोजकहरुमा सन्ताेस जियम, अनिल राई र...बाँकी

झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

झापा, ३१ भदौ । झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- ५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।...बाँकी