News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार

राजन चिमरिया स्वतन्त्रबाट प्रदेश ‘ख’ को उम्मेद्वार दर्ता

झापा, २४ असोज । नेकपा माओवादी केन्द्रका नेता राजन चिमरियाले झापा क्षेत्र नं. १ मा प्रदेश सभा सदस्य ‘ख’मा स्वतन्त्रबाट उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा नेता चिमरियाले स्वतन्त्रको...बाँकी

झापा–१ मा एमाले र राप्रपाद्वारा सयुक्त रुपमा उम्मेदवार दर्ता

झापा, २३ असोज । नेकपा एमाले र राप्रपाद्वारा क्षेत्र नं. १ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्यको उम्मेद्वार मनोनयन पत्र दर्ता गरेको छ । आइतबार मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा एमालेको ईटाभट्टाको वडा कार्यालयबाट तामझामका...बाँकी

झापा–१ बाट विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

झापा, २३ असाेज । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् । शर्माको प्रस्तावकमा काँग्रेस जिल्ला उपसभापति...बाँकी

माओवादी केन्द्रमा पहिराे मेचीनगर अध्यक्ष चिमरीया सहित सामुहिक राजीनामा

झापा, २३ असोज । नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले पदबाट राजीनामा दिएका छन् । चिमरियासहित माओवादी केन्द्र मेचीनगर सह-इन्चार्ज शान्तिराम चिमरीया, जिल्ला सचिवालय सदस्य विष्णु चौधरी, माओवादी केन्द्र मेचीनगरका उपाध्यक्ष बद्रीनाथ फूयाल, कोषाध्यक्ष...बाँकी

बिर्तामोडको वानस्टप मलमा आगलागी

झापा, २२ असोज । झापाको बिर्तामोडको वानस्टप मलमा आगलागी भएको छ । बिर्तामोड ५ जात्रुबारी बस्ने सूर्य अधिकारीले सो मलमा संचालन गरेको कपडा पसलमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका...बाँकी

चट्याङले बिर्तामोडमा एक बालिकाको मृत्युु

झापा, २१ असाेज । आज साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ सैनिकमोडमा एकजना बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्राप्त जानकारी अनुसार बिर्तामोड नगरपालिका वडा नं. २ का रुपलाल हस्दाको छोरी...बाँकी

प्रदेशमा उम्मेद्वार नबन्ने रविन कोइरालाको घोषणा

झापा, २१ असाेज । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् । एमालेमा झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कोइरालाको नाम सर्वसम्मत सिफारिस भएको छ ।...बाँकी

टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेट

काठमाडौं, १९ असोज । बडादशैंको टीकाको उत्तम साइत आज विहान ११ बजेर ५१ मिनेट रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको छ ।घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई...बाँकी

झापामा खुकुरी प्रहार गरी आमा र काकाको हत्या

झापा, १६ असाेज । झापाको कमल गाउँपालिकाका एक युवकले आमा र काकाको हत्या गरेका छन् । शनिबार राति साढे १० बजे कमल- २ सिमलडाँगीका २३ वर्षीय चन्द्र माझीले आमा र काकाको हत्या गरेका हुन् ।...बाँकी

पुलिस हुँ भन्दै ठगी हिँड्ने दुई युवक पक्राउ

उदयपुर, १५ असाेज । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगि हिँड्ने २ जना युवकलाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिँदै आफु सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३...बाँकी