News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

निहारिकाले गरिन् राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौँ, २७ साउन । न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर...बाँकी

शिवसताक्षीमा नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

झापा, २७ साउन । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर...बाँकी

एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी

काठमाडौं, २६ साउन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचलान कमिटी गठन गरेको छ । आउँदो ४ मंसिरसमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन...बाँकी

झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

झापा,२६ श्रावण । झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । विहीबार काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पताल अगाडि पूर्वबाट पश्चिम गइरहेको बा. प्र. ०३–००१ ख १६०२ नम्बरको बसले ठक्कर दिदाँ मेचीनगर–६ निवासी ४० वर्षीय...बाँकी

क्रिप्टोकरेन्सी कारोबारी श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

काठमाडौं, २५ साउन । जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका...बाँकी

विप्लवका मध्यपूर्व ६ नेताद्वारा सामुहिक राजिनामा

काठमाडौँ, २५ साउन । पार्टी बिभाजनपछि नेपाल कम्युनिष्ट पार्टीलाई निरन्तररुपमा धक्का लाग्ने क्रम जारी छ । स्थानीय चुनावमा सहभागी भएर लज्जास्पद हार व्यहोरेपछि नेता कार्यकर्ताहरुले विप्लवको साथ छोड्ने क्रम अझै जारी छ । यहि सिलसिलामा...बाँकी

पोल्याण्डमा झापाका एक नेपाली युवाको मृत्यु

एजेन्सी, २५ साउन । पोल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ ​। झापा जिल्ला घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो । पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका...बाँकी

७४ लाख नगद र चेकसहित हुण्डी कारोबारी पक्राउ

रकाठमाडौं, २४ साउन । काठमाडौंको नरदेवीबाट गैरकानुनी रुपमा हुण्डी कारोबार गर्ने भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनसन्धान महाशाखाको टोलीले भारतीय नागरिक राजु अग्रवाल, सिन्धुली घर भई जोरपाटी बस्ने रामहरि दुलाल...बाँकी

खराब मौसमका कारण एमाले अध्यक्ष ओली चढेको हेलिकोप्टर आकस्मिक अवतरण

सिमरा, २३ साउन । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकोप्टर सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछी सिम्रीक...बाँकी

देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...बाँकी