News Portal

वडा अध्यक्षसहित ६५ जनामा कोरोना भेटिएपछि, बारामा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

रातोपोस्ट संवाददाता
५९२ पटक

बारा, साउन ३२ । एकैदिन वडा अध्यक्षसहित ६५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै बारामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्लाको विभिन्न स्थानीय तह भित्रका ४९ पुरुष र १६ महिलामा कोरोना संक्रमण देखिएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकामा ३६, महागढीमाई नगरपालिकामा १७, करैयामाई गाउँपालिकामा १० र कलैया उपमहानगरपालिकामा दुई जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै बारामा संक्रमितको संख्या चार सय २५ पुगेको छ। संक्रमितमध्ये सय जना निको भएर घर फर्किएका छ्न्। बारामा कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भइसकेको छ।

संक्रमितको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यलय बाराले जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी पण्डितले अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षित भएर बस्न आग्रह गर्दै जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन्।

प्रतिकृया दिनुहोस्