News Portal

सप्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४८४ पटक

सप्तरी, साउन २८ । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए ।

उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए । हालसम्म देशभर कोरोना संक्रमणबाट ८४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्