News Portal

रोलिङ्ग फुटबल : एपीएफलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा

रातोपोस्ट संवाददाता
६१९ पटक

मेचीनगर, चैत ९ । सशस्त्र प्रहरी बल पकलीलाई पराजित गर्दै आयोजक रोलिङ्ग फुटबल क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ । धुलाबारी माविको खेलमैदानमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सोमबार भएको खेलमा सशस्त्रलाई ५-२ गोल अन्तरले पाखा लगाउँदै आयोजक सेमिफाइनल प्रवेश गरेको हो ।

जितसंगै आयोजकले बुधबार हुने पहिलो सेमिफाइनल खेलमा रेडहर्स फुटबल क्लब इलामसंगको भेट पक्का गरेको छ ।

खेलको पहिलो हापमा दुई गोल गरेको आयोजकले दोस्रो हापमा थप तीन गोल थप्यो । एपीएफले दोस्रो हापमा दुई गोल फर्कायो ।

आयोजकलाई जित दिलाउन अजय राजवंशीले व्यक्तिगत दुई गोल गरे । तिर्थ बस्नेतले एक गोल गर्दा विदेशी खेलाडी पेपे र फोफोन्नाले एक/ एक गोल गरे । एपीएफको तर्फबाट समीर राईले  दुई गोल गरेका थिए  ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दी म्याच बनेका आयोजकका अजय राजवंशीलेले नगद ५ हजार प्राप्त गरेका थिए ।

मंगलबारको खेल कर्णसिहं सोनाम फुटबल क्लब ताप्लेजुङ र धाईजन चारआली फुटबल क्लब मेचीनगर बीच हुने आयोजकका सचिव महेश खड्काले राताे पाेस्ट खबरलाई बताए ।

प्रतिकृया दिनुहोस्