News Portal

नेपालले जित्यो त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि

रातोपोस्ट संवाददाता
७३३ पटक

काठमाडौं, १६ चैत । त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालको जितका लागि संजोग राई र विशाल राईले गोल गरेका हुन् ।

पहिलो गोल १८औँ मिनेटमा संजोग राईले गरेका थिए । खेलको ४२औँ मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरेका थिए । नेपालसँग २–० ले पछि परिरहेको अवस्थामा बंगलादेशले ८३औँ मिनेटमा नेपालविरुद्ध गोल गरेको थियो । संयोग राई म्यान अफ दी म्याच बनेका छन् ।

चैत १० देखि सुरु भएको प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानको यू–२३ टोलीको सहभागिता थियो । बंगलादेशले समूह चरणमा कीर्गिस्तानलाई १–० ले पराजित गर्दा नेपालसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले समूह चरणका दुवै खेलमा गोलरहित बराबरी खेलेको थियो । प्रतियोगिताको विजेता नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गर्यो । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर पुरस्कार पाएको छ ।

प्रतिकृया दिनुहोस्