News Portal

रिर्टनी स्वरोजगार केन्द्र झापाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
६० पटक

झापा, ३२ जेठ । रिर्टनी स्वरोजगार केन्द्र झापाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाकाे प्राविधिक सहयोगमा शुक्रबार काँकरभिट्टामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा ५० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर- ६ का वडा अध्यक्ष ललित तामाङले ‘रक्तदान जीवन दान’ भन्ने नारालाई आत्मसात गरी रक्तदानका लागि चाहिने सामग्री हस्तान्तरण गरी कार्यक्रको शुभारम्भ गरेका थिए। रिर्टनी स्वरोजगार केन्द्र झापाका सल्लाहकार दधिराम रिमालले रिर्टनीले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रममा काँकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष राेहित बुढाथाेकी, देवकाेटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापा, खानेपानी संस्थाका उपाध्यक्ष गाेबिन्द गिरी, रिर्टनी स्वरोजगार केन्द्रका सल्लाहकार दधिराम रिमालको आतिथ्यता रहेको थियो । रिर्टनी स्वरोजगार केन्द्र झापाका अध्यक्ष दिनेश कार्कीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत मन्तव्य सचिब प्रबिण बानियाँले गरेका थिए भने उपाध्यक्ष शेखर थापाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्