News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

झापामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

झापा, ३० जेठ । गौरादहमा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । आज साँझ ५ बजेतिर गौरादह-१ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नं.को ट्याक्टरले सोही ठाउँका रामप्रसाद अधिकारीका ९...बाँकी

सिद्धी खोलाबाट १७ सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ

मेचीनगर, ३० जेठ । सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाको ५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मेचीनगर-२ बौद्धमोडस्थित मेची जनसाधारण मावि परिसरमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।...बाँकी

चारआलीकाे पाउँ पाथीभरा मन्दिरनजिकै महिलाको शव फेला

झापा, २९ जेठ । झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ । महेन्द्र राजमार्ग सडकखण्ड झापाको चारआली जंगल पाउँ पाथीभरा मन्दिर नजिकै महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय झापाले...बाँकी

सत्य, तथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न शिक्षक महासंघ मेचीनगरको माग

झापा, २९ जेठ । झापाकाे मेचीनगर- ७ स्थित अरनिको माविका प्रधानअध्यापक अग्नी घिमिरेले सोही विद्यालयकी महिला शिक्षकमाथि यौन दुव्र्यवहार गरेको भनेर सञ्चार माध्यममा आएको समाचारका बिषयमा सत्यतथ्य छानविन गरी दोषी देखिए कानूनी कारबाहीको दायरामा ल्याउन...बाँकी

केएफटिसी सिटी लिगमा ह्याप्पी क्लब च्याम्पियन

झापा, २८ जेठ । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित...बाँकी

पत्रकार उपचार कोषमा उप्रेती परिवारको एक लाख एक हजार सहयोग

झापा, २८ जेठ । झापाको कनकाई–६ चम्पापुरका चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।शनिवार चिरञ्जीवी–इश्वरादेवी उप्रेती अक्षयकोष...बाँकी

मेचीनगरमा नदी दोहन बन्द

मेचीनगर,२८ जेठ । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसंगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि...बाँकी

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ, २७ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुने गरि निगमले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टितेलमा १२/१२ रुपैयाँ मूल्य बढाएको हो...बाँकी

काँकरभिट्टामा जारी सिटी लिगमा संगम क्लब फाइनलमा

झापा, २६ जेठ । संगम फुटबल क्लब झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा क्लासिक वारियर्सलाई १–० गोल अन्तरले...बाँकी

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि मन्त्रालयमै हातपातकाे प्रयास

काठमाडौं, २६ जेठ । जनता समाजवादी पार्टीबाट मन्त्री रहेका राजेन्द्र श्रेष्ठमाथि उनकै दलका नेताले हातपात प्रयास गरेका छन् । स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ माथि जसपाका सांसद रामबाबु यादवले हातपात प्रयास गरेका हुन्...बाँकी